मन्त्रिमण्डलको वरियतामा फेरबदल, सुरुदेखि हालसम्म को कुन स्थानमा?

0 Shares

काठमाडौँ । सरकार गठनदेखि हालसम्म मन्त्रिपरिषद् सदस्यहरूको वरियताक्रममा विभिन्न चरणमा फेरबदल भएको देखिएको छ । मन्त्रिमण्डलको वरियताक्रममा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको स्थान समयक्रमसँगै परिवर्तन भएको सूचीले देखाएको छ ।

तुलनात्मक रूपमा २०८२ चैत २४, २०८३ वैशाख ३१ र २०८३ मंसिर १० गतेको मन्त्रिमण्डलको वरियताक्रम हेर्दा विभिन्न मन्त्रीहरूको स्थान परिवर्तन भएको देखिन्छ ।

२०८२ चैत २४ गतेको वरियताक्रममा प्रधानमन्त्री वालेन्द्र शाह पहिलो स्थानमा थिए भने डा. स्वर्णिम वाग्ले दोस्रो, शिशिर खनाल तेस्रो र विराज भक्त श्रेष्ठ चौथो स्थानमा थिए । त्यसपछि सुधन गुरुङ पाँचौँ, सुनिल लम्साल छैटौँ र सोविता गौतम सातौँ स्थानमा रहेका थिए ।

२०८३ वैशाख ३१ गतेको वरियताक्रममा भने सुधन गुरुङ सूचीबाट हटेर सुनिल लम्साल पाँचौँ स्थानमा पुगेका थिए भने सोविता गौतम छैटौँ स्थानमा पुगेकी थिइन् । त्यसपछि सीता बादी सातौँ, प्रतिभा रावल आठौँ, निशा मेहता नवौँ र सस्मित पोखरेल दसौँ स्थानमा रहेका थिए । उक्त सूचीमा गौरी कुमारी र रामजी यादव पनि नयाँ रूपमा समावेश भएका थिए ।

२०८३ मंसिर १० गतेको पछिल्लो वरियताक्रममा प्रधानमन्त्री वालेन्द्र शाह पहिलो र डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमै कायम छन् । तर, तेस्रो स्थानमा सोविता गौतम पुगेकी छन् । यसअघि तेस्रो स्थानमा रहेका शिशिर खनाल चौथो स्थानमा झरेका छन् ।

त्यस्तै, विराज भक्त श्रेष्ठ पाँचौँ, सुधन गुरुङ छैटौँ र सुनिल लम्साल सातौँ स्थानमा छन् । पछिल्लो सूचीमा महावीर पुन आठौँ स्थानमा समावेश भएका छन् । सीता बादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ र सस्मित पोखरेल १२औँ स्थानमा रहेका छन् ।

खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ, गीता चौधरी १५औँ, दीपक कुमार साह १६औँ र रामजी यादव १७औँ स्थानमा छन् ।

तीन चरणका वरियताक्रम तुलना गर्दा मन्त्रिमण्डलमा सदस्यहरूको स्थान परिवर्तनसँगै केही नाम सूचीमा थपिएको र केही सदस्यहरूको वरियतामा उकासो तथा घटेको देखिएको छ ।

सम्बन्धित समाचार