काठमाडौं । नेपालले टी २० विश्वकपअन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग भिड्ने भएको छ ।
समूह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समयअनुसार ५ः१५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदै छ ।
जारी टी २० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो ।
यस्तै, नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध हुँदा अंक बाँडेको थियो ।
नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने दबाबमा छ । यस खेलमा हार बेहोरेमा नेपाल सुपर आठमा पुग्न असफल हुने छ । दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।