ऊर्जा मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदै छन् ।

स्रोतका अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।

सम्बन्धित समाचार