0
Shares
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा दुर्घटना भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गतका चितवनको फिस्लिङ बजार नजिक दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस आपसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ ।