सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न गरेको छ। ‘कल्चर, लिडरसिप एन्ड सिटिजन्स कनेक्ट : सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स’ नारासहित बैंकले कार्यक्रम आयोजना गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रममा मधेश प्रदेशको समृद्ध संस्कृति र परम्पराको महत्त्वबारे चर्चा गर्दै त्यसको प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो। साथै नेतृत्व विकासका लागि आपसी सम्बन्धलाई थप सुदृढ गर्दै आत्मीय र प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको बैंकले जनाएको छ।

मधेश प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकका २९ शाखा सञ्चालनमा रहेका छन्।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले पछिल्लो समय विभिन्न नवीन बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

त्यस्तै, युवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रीलान्सरहरूलाई लक्षित गरी ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा रहेको टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार