0
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ८५५ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ८१० कायम भएको थियो ।