0
Shares
काठमाडौं । सुनसरीमा गएराति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । इटहरी उपमहानगर १३ कोसी राजमार्गस्थित पेट्रोल पम्पनजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । उनीहरूको पहिचान अझै खुलेको छैन ।
गएराति करिब पौने १२ बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नम्बार १-०४-००१ ख ०००८ नम्बरको ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
नकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोसी अस्पताल, विराटनगर पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतक दुवै जना अन्दाजी ३०-३५ वर्षका पुरुष छन् ।