मनसुनी प्रभावले चार प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय तथा पश्चिमी वायुदेखि बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति यी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार