मोटरसाइकल दुर्घटना हुँदा असईसहित दुई प्रहरीको निधन

0 Shares

काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी दुई प्रहरीको निधन भएको छ । एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिक्कल गाउँपालिका ५ झगडेँ बेँसीस्थित भित्री कच्ची सडक खण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सवार ३(०२(००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका ९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका ७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको निधन भएको हो ।

असई ठाकुरको खुर्कोटस्थित सामूदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । हवलदार श्रेष्ठको प्रहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार