आज तीन प्रदेशको पहाडी भागमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार