पानीको मुहान खोज्दै जाँदा मानव कंकाल फेला

0 Shares

मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका १ झ्याङटार बुर्जडाँडाको खोल्सामा मानव कंकाल (अस्थिपञ्जर) भेटिएको छ ।

स्थानीयबासी पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको अवस्थामा कंकाल फेला परेको हो । कंकालसँगै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

कंकालभन्दा अन्दाजी १७–१८ फिट तल टाउको जस्तो देखिने वस्तु फेला पारी घटना स्थल मुचुल्कासहित इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार