काठमाडौंका यी स्थानमा आज विद्युत सेवा बन्द

0 Shares

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार