नेपाल र क्यानडाबीच उपाधिका लागि भिड्दै

0 Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको क्यानडा ११ र नेपाल ‘ए’ टोलीबीच आज उपाधिका लागि भिड्ने भएको छ । एक दिवसीय शृङ्खलाको तेस्रो खेल बिहीबार दुई टोलीबीच उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको हो ।

यसअघि दुवै टोली एक एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि सुरू हुने भएको छ ।

 

सम्बन्धित समाचार