राष्ट्र बैंकका कर्मचारीले बाढी पीडितलाई दिए एक करोड ३९ लाखको सहयोग

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज एक करोड ३९ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो ।

राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी संकलन गरिएको रकम कोषमा जम्म गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार