मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

0 Shares

काठमाडौँ।  मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ।

मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो ।

प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले केही समय अघि वाणिज्य बैंकमा अपग्रेड हुनको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो।

सम्बन्धित समाचार