लेखक: राजन दास
कुनै समय थियो
मैले लेख्न छोडिसकेकको थिएँ
आँखा त थिए मेरा
तर देख्न छाडिसकेको थिएँ
म सायद बिलाई जान्थें होला हावासँगै
बाँकी हुँदै थिएन मेरो अस्तित्व कतै
हो,
त्यही समयमा भेटेको थिएँ
मैले एउटा कविता
मैले लेख्न नसकेको कविता ।
त्यही कविता
जसले जन्म दियो थुप्रै कविताहरू
जसमा छन् धेरै शब्दहरु अनि भाव लुकेका
अनगिन्ती सपना अनि ख्वाव लुकेका
यो कविता आफैँमा उपन्यास भन्दा कम छैन
त्यो कविता कुनै विश्वास भन्दा कम छैन ।
साँच्चै रमाइलो, अनौठो र अचम्मको छ त्यो कविता
हर्ष छ, उल्लास छ
आफ्नोपनको आवासका
साँच्चै राम्रो छ त्यो कविता
मैले लेख्न नसकेको कविता ।
त्यही कविता जसले मलाई कवि बनायो
तर कुनै अफसोच छैन चाहेर पनि
लेख्न सकिन त्यो कविता
किनकी
लेख्न नसकिने त्यो मेरो आफ्नै कविता हो ।
मेरो जीवनको निकै प्रिय कविता
हुनेछ सधैँ मेरो नजिक
हरदम, हरपल
हरेक पाइलाहरुमा
मैले लेख्न नसकेको कविता ।