काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा परिवारजन, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकका लागि भारतस्थित गुरुग्राम हरियाणा मेदान्ता-द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बालिरङ्ग सेवामा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता-द मेडिसिटी हस्पिटलको प्रचलित दरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यसैगरी अन्तरंग सेवामा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौता पत्रमा हस्पिटलका तर्फबाट प्रमुख कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका तर्फबाट कन्ट्री हेड- भारत सुनिल मिश्राको संयुक्त हस्ताक्षर भएको थियो । सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहने छ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।