काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल , नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ ।
कोशी प्रदेशको १० जिल्लामा सिटिजन्स बैंकको २८ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा श्रावण २२, २०८३ मा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा बागमती प्रदेशको ११ जिल्लामा अवस्थित ५६ शाखा प्रबन्धक, प्रदेश प्रमुख लगायत बैंकका उच्च पदहरू अधिकारीहरूको सहभागिता रहेको थियो त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।