भोटेकोशी बाढी पीडितका लागि बर्दघाट खानेपानी उपभोक्ता संस्थाको आर्थिक सहयोग

0 Shares

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछिको राहत तथा उद्धारका लागि बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले साथ दिएको छ । गत भदौ १० गते आएको बाढीमा परी रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो जनधनको क्षति भएसँगै संस्थाले सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष दीपक लम्सालले एक सूचना जारी गर्दै बाढी पीडितका लागि सक्दो आर्थिक सहायता गरेको जानकारी दिएका हुन् । जसअनुसार संस्थागततर्फ ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

यस्तै, संस्थाका कर्मचारी परिवारबाट ३५ हजार १६ रुपैयाँ सहयोग गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरिएको हो ।

सम्बन्धित समाचार