रसुवाका बाढी पीडितलाई राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नवलपरासीको साथ

0 Shares

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमिति तथा जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाहरूले रसुवा जिल्लाका बाढी पीडित तथा प्रभावित नागरिकका लागि राहत स्वरूप आर्थिक सहयोग संकलन गरेका छन् ।

दुःखद् घडीमा रसुवाका प्रभावित नागरिकको खानेपानी व्यवस्थापनलाई निरन्तरता दिन देशभरबाट सहयोग जुटाउने अभियानअन्तर्गत नवलपरासी जिल्ला कार्य समितिले पनि आफ्नोतर्फबाट सहयोग संकलन गरी आवश्यकताअनुसार खानेपानी व्यवस्थापनमा प्रयोग गरेको हो ।

यस अभियानमा अध्यक्ष गुप्तबहादुर केसी लगायत विभिन्न व्यक्ति तथा खानेपानी उपभोक्ता संस्थाहरूले व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गरेका छन् । सहयोग गर्नेहरूको विवरण निम्नानुसार छ ।

अध्यक्ष गुप्तबहादुर केसी- रु ५,५००
मञ्जु क्षेत्री- रु २,५००
केशवकान्त न्यौपाने- रु २,५००
गणेश गुप्ता- १५,११५
कृष्ण क्षेत्री- रु ५,५००
तारा ब.पौडेल- रु २,५००
शान्ति पोखरेल- रु २,००५
राजेन्द्र शर्मा- रु १,०००
लोकेश्वर वैरागनाथ खानेपानी- रु ११,१११
दिनेश उपाध्याय, प्रदेश कोषाध्यक्ष- रु ५,०००
मोनिका क्षेत्री, प्रदेश सदस्य- रु २,०००

जम्मा संकलित रकम: रु ५४,२३१।

यसरी संकलित रकमलाई रसुवाका प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खानेपानी व्यवस्थापन तथा राहत कार्यमा परिचालन गरिएको जनाइएको छ ।

यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, खानेपानी उपभोक्ता संस्था तथा सहयोगीहरूप्रति राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सहयोग संकलन तथा व्यवस्थापन कार्यलाई सहजीकरण गर्ने राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्यद्वय दीपक लम्साल र दीपक पौडेलप्रति पनि विशेष आभार व्यक्त गरिएको छ ।

दुःखको समयमा पीडित नागरिकको साथमा उभिँदै व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू धन्यवादका पात्र रहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार