भोटेकोशी बाढी पीडितको उद्धार गर्न प्रभु बैंकको साथ, दुई करोडभन्दा बढी सहयोग

0 Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

गत भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।

उत्पन्न विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको अवस्थामा विपदको दुःखद् घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप प्रभु बैंकका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थ मन्त्रालयमा सहयोग हस्तान्तरण गरेको हो ।

यसका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालक राजु पौडेल तथा संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थिए ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंक परिवार श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै। सम्पर्कविहीन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दछ ।

सम्बन्धित समाचार