0
Shares
काठमाडौं । बाढी पहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका ५ घडेरीखोला क्षेत्रमा टोखा-छहरे सडकखण्ड पहिरोका कारण प्रभावित छ । मकवानपुरको हेटौँडा-टिङ्गन-बागमती-ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।