आज मिति २०८३ साल भदौ १३ गते शनिबार । सन् २०२६ अगस्ट २९ तारिख । नेपाल संवत् ११४६ । भाद्र कृष्णपक्षको प्रतिपदा तिथि । आज बिहान ५ बजेर ४१ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर २६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
तपाईंका हरेक कार्य व्यवहारको प्रशंसा र कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन अध्यापन एवम् व्यापार(व्यवसायमा पनि प्रगति हुने देखिन्छ । धन मान यश ऐश्वर्य प्राप्तिको योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला ।
बृष
पराक्रम एवम् आत्मविश्वास जागृत भइ नयाँ काम र जिम्मेवारी हात पर्नसक्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्ने योग छ ।
मिथुन
नियमित कार्यमा जागरुकता आउनुका साथै रोकिएका घरेलु कामकाज क्रमशः बन्ने समय छ । वौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइएला । ब्यापार व्यवसायमा पनि फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता मिल्ने योग छ ।
कर्कट
आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेपनि सहयोगीजनका कारण नियमित कार्य सुचारु रहला । परिवारको साथले कर्मबल वृद्धिको अनुभूति हुनेछ ।
सिंह
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालन कार्यमा विशेष फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । यात्रा सुखद रहनेछ ।
कन्या
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण सापटी लिनदिन आजको दिन अनुकूल रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायिक कार्यमा लगानी बढ्नेछ र त्यसको दूरगामी असर फाइदाजनक नै हुनेछ ।
तुला
साहसपूर्ण कार्य वा क्रियाकलापप्रति मन आकर्षित हुने समय छ । यात्रागत कार्यबाट धन आर्जन होला । रमाइलो भेटघाटको योग छ । आयबलका साथै वर्चश्व बढ्नेछ । नियमित कर्म सन्तोषजनक रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
वृश्चिक
जोखिमयुक्त काममा मन जाने समय छ । सोचसमझ राखेर कदम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयले खिन्नता पनि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनाले नियमित काममा जाँगर चल्नेछ । कर्मबल बढ्नेछ । सहयोगीजनको साथले रोकिएको काम बन्ने छ ।
धनु
मध्यम खालको दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसारको उपलब्धि पाइएला । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । बौद्धिक कार्य लभदायी सावित हुनेछ । मित्रजनको साथ भने नमिल्न सक्छ ।
मकर
मिश्रित फलदायी समय छ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । जोखिम र संघर्ष बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ, तर नियमित आम्दानीमा कमी आउने छैन ।
कुम्भ
कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सामथ्र्य वृद्धि हुने समय छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरीतलिंगीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कतैबाट सुखद खबर सुन्न्न पाइएला ।
मीन
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । बोली र व्यवहारप्रति अत्यन्त सजग रहनुपर्नेछ, अन्यथा विवाद र झैझगडाको अवस्था पैदा हुन सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा आंशिक सफलता मिल्ने समय छ ।