धादिङबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन

0 Shares

धादिङबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन भएको छ।

बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ यात्रु लिएर गएको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार यात्रु तथा चालक सम्पर्कमा आएका छैनन्। धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित बसमा यात्रा गरिरहेका यात्रु तथा चालक कोही पनि सम्पर्कमा नआएको बताइएको छ।

बस धादिङबेशीबाट रिजर्भ लिएर गोसाइँकुण्डका लागि छुटेको थियो। बस र सवार सबै यात्रु सम्पर्कविहीन भएपछि धादिङ मण्डली यातायात समितिले खोजी कार्यका लागि सहयोग मागेको छ।

बसमा नीलकण्ठ नगरपालिका-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार छन्।

त्यस्तै, नीलकण्ठ-९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल बसमा सवार रहेको बताइएको छ।

यसैगरी, सिद्धलेक गाउँपालिका-१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट, नीलकण्ठ नगरपालिका-३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना सवार रहेको बताइएको छ।

बसका चालक नीलकण्ठ-१२ का छविलाल श्रेष्ठ रहेको समितिका प्रवन्धक राजेश प्रजापतिले बताए। उनका अनुसार गाडी साहु पनि श्रेष्ठ नै हुन्।

सम्बन्धित समाचार