सुनचाँदीको मूल्य भारी वृद्धि, आज कति पुग्यो?

0 Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।

हिजो सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार