गजुरीमा पहिरो खस्दा राजमार्ग ठप्प, काठमाडौं जोड्ने सडक अवरुद्ध

0 Shares

काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खसेको छ । पहिरो खसेसँगै दुई तर्फी सडक अवरुद्व भएको छ ।

सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

सम्बन्धित समाचार