0
Shares
काठमाडौं । लगातार र्षाका कारण बाढी पहिरोलगायत विभिन्न कारणले देशभर विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्ती लोकपथ अवरुद्ध छन् ।
यस्तै, रसुवामा त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ सडक, धादिङमा पृथ्वी राजमार्ग, लमजुङमा मध्पहाडी लोकमार्ग, रुकुमपूर्वमा पनि मध्यपहाडी लोकमार्ग र रुकुम पश्चिममा भेरी करिडोर सडक पनि अवरुद्ध भएका छन् ।
बाग्लुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेनी-जोमसोम सडक र भेजपुरमा मध्यपहाडी राजमार्गमा एकतर्फी मात्रै गाडी गुडेका प्रहरीले जनाएको छ ।
