0
Shares
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का खगराज भट्ट नियुक्त भएका छन् ।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत माग्न बोलाइएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन ।
मन्त्री बर्खास्त गरेपछि असार ३२ मा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो । नेपाली कांग्रेसका सांसद शाह अल्पमतमा परेका थिए ।