अवकाशको केही साताअघि दुई सचिवको राजीनामा स्वीकृत

0 Shares

काठमाडौं । सरकारले बहालवाला दुई सचिवले राजीनामा दिएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले राजीनामा गरेको विवरण सार्वजनिक गरिएको छ । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए। अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

निजामती किताबखानाको अभिलेख अनुसार आगामी भदौ ४ गते अवकाश हुन लागेका सचिव अधिकारीले एक साताअघि राजीनामा दिएका हुन् । अर्का सचिव पोखरेलको कार्यकाल भदौ २३ गतेसम्म रहेको थियो ।

सम्बन्धित समाचार