0
Shares
काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा तोलमा ६ हजार ४०० रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य भारी वृद्धि भएसँगै तोलामा ३ लाख ७ हजार ९०० पुगेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर ३ लाख १ हजार ५०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि उच्च रुपमा बढेको छ । तोलामा ११० रुपैयाँ बढेर चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७८० रुपैयाँ पुगेको छ ।