ग्लोबल आइएमई बैकको नयाँ सुविधा: मोबाइलबाटै बैंक खाता खोल्न सकिने (भिडियोसहित)

0 Shares

काठमाडौं । बैंकमा खाता खोल्नका लागि अब बैंकको शाखामै पुग्नुपर्ने बाध्यता हट्दै गएको छ । ग्लोबल आइएमई बैंकले युवालक्षित ‘Global Next Gen Account’ सार्वजनिक गर्दै मोबाइलबाटै सहज रूपमा खाता खोल्न सकिने सुविधा ल्याएको छ।

ग्लोबल आइएमई बैंकको Global Smart Plus एपमार्फत घरमै बसेर यो खाता खोल्न सकिन्छ। खाता खोल्नका लागि नेशनल आइडी वा पासपोर्ट आवश्यक पर्ने बैंकले जनाएको छ। फेस भेरिफिकेसनसहितको डिजिटल प्रक्रियाबाट खाता खोलिने भएकाले शाखा धाउनुपर्ने वा कागजी प्रक्रिया पूरा गर्नुपर्ने आवश्यकता छैन।

खाता खोल्न आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा ल्याउन सकिने र मोबाइलबाटै कारोबार गर्न सकिने बैंकले जनाएको छ।

यस खाताको अर्को विशेषता Zero Minimum Balance हो। अर्थात् खातामा न्यूनतम रकम कायम राख्नुपर्ने छैन। त्यस्तै, पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुने बैंकको भनाइ छ। बचत रकममा आकर्षक ब्याजदरको सुविधा पनि रहेको छ।

विशेषगरी १८ वर्ष वा सोभन्दा माथिका विद्यार्थी, युवा प्रोफेसनल तथा मोबाइलबाटै बैंकिङ सेवा लिन चाहने ग्राहकलाई लक्षित गरी यो खाता ल्याइएको हो।

अब बैंकको लाइनमा बस्ने होइन, मोबाइलबाटै खाता खोल्ने कि?

https://www.globalimebank.com/blog/global-next-gen-account/

सम्बन्धित समाचार