साउन २० गते तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८३ साउन २० गते बुधबार । सन् २०२६ अगस्ट ५ तारिख । नेपाल सम्बत ११४६ दिल्लागा सप्तमी तिथि । चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शूल योग, विष्टि करण । आज बिहान ५ बजेर २९ मिनेटमा झुल्किएको घाम ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । आवश्यकताअनुसार सामर्थ्य भने वृद्धि हुनेछ । तथापि, काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिने योग छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्नो लागि परिस्थिति केही प्रतिकूल बन्न सक्छ ।

बृष

श्रद्धा र परोपकारमा मन जानेछ भने परिवारजनको साथले काममा उत्साह जगाउला । तर, सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय रहनेछ ।

मिथुन

बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष आकर्षण र सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा मन जाला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै जाँगर चल्ने देखिन्न ।

कर्कट

पछिसम्म लाभ मिल्ने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

सिंह

मिश्रित फलदायी दिन छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने इमानदार प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा अघिपछिको तुलनामा विशेष सावधानी अपनाउनु उचित होला । चोटपटकको योग भएकाले सावधानी अपनाउनु श्रेयस्कर रहनेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनसक्छ ।

कन्या

मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि काममा खासै जाँगर नलाग्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । अनावश्यक भ्रमणमा समय खेर जाने सम्भावना छ । निकटका मित्रहरूको सहयोगले काममा उत्साह जगाउने र रोकिएका काम बन्ने योग रहेकोले सहयोगीजनको साथ लिने प्रयत्न गर्नु उचित होला ।

तुला

कामको चापबाट फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा भयका बाबजुद विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । महत्वपूर्ण योजनाको कार्यान्वयनमा ढिलासुस्तीको योग रहेकोले हालका लागि थाती राख्नु उचित होला । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

धनु

आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । पराक्रम वृद्धि भइ प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकार्यमा जोखिम बढ्नेछ । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर

इर्ष्यालुजनले काममा अवरोध गर्नसक्ने समय भएपनि रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । अनुकूलता वृद्धि भइ रोकिएको काम पुनः अघि बढ्नेछ । समस्याको अवस्थामा मित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला ।

कुम्भ

सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, पहिलेदेखि रोकिएका काम बन्नाले उत्साह जाग्ने योग छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त होला ।

मीन

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत होला । महत्वपूर्ण कार्य चिताएको काम सम्पादन नहुन सक्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । मेहनतअनुसार फाइदा कमै होला ।

सम्बन्धित समाचार