सुनमा भन्सार दर बढाएपछि तोलामै ६ हजार महँगिने, आजदेखि लागू

0 Shares

काठमाडौं । बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।

थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने भएको हो । नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने भएको छ ।

‘उच्च भन्सार दरकै कारण नेपालमा सुनको मूल्य धेरै नै महँगो भएको छ, यसले अवैध कारोबार झन् फस्टाउन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ छ । बिहीबारको मूल्य निर्धारण केही समयपछि हुनेछ ।

 

सम्बन्धित समाचार