आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । हिजोको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ रुपैपाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५०५ निर्धारण भएको छ ।

हिजो एक तोला सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४८० निर्धारण भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार