काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२-८३ मा ८८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ६० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाखबाट बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ ।
यता, इम्पेयरमेन्ट चार्ज पनि घटेर ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष उक्त चार्ज ३४ करोड ५४ लाख रुपैयाँ थियो । इम्पेयरमेन्ट चार्ज घट्दा र ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४५ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ ।
३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा छ । रिटेन्ड अर्निङ ४९ करोड २३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २३.८३ रुपैयाँ कायम भएको छ । एनपीएल ६.८७ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल ५.५२ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ छ । लाभांश क्षमता बढेर १३.१९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।