0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९१ हजार हुँदा सोही परिमाणको चाँदीको मूल्य चार हजार ४८० कायम भएको छ ।
हिजो प्रतितोला सुनको मूल्य दुई लाख ८५ हजार ६०० र सोही परिमाणको चाँदीको भाउ चार हजार ३७० निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।