ज्ञानेन्द्र शाहलाई भेट्न नपाएपछि युवकले गरे आत्मदाहको प्रयास

0 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन् । आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

तामाङ रामेछापको दोरम्बा गाउँपालिका १ का स्थानीयबासी हुन् । मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ ।

बालाजुको बेकरी उद्योगमा काम गर्दै आएका तामाङमा जोरपाटी बस्दै आएका छन् । प्रहरीका अनुसार उनले जोरपाटीको लामा पम्पबाट पेट्रोल किनेर लगेका थिए ।

उनी पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेका थिए । भेट्न नपाएपछि आत्मदाह गर्न खोजेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार