काठमाडौं । डिजिटल बैंकिङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ फर्महरू सजिलै भर्न सक्ने बताएको छ ।
बैंकका अनुसार, यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।
“ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिँदै, ग्राहकहरू आफैँले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ,” बैंकको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने एनएमबि बैंकको प्रयासमा यो एउटा ठूलो कदम भएको बैंकले बताएको छ ।