नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

0 Shares

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७७.५४ बिन्दुमा पुगेको हो ।

नेप्से बढ्दा नेप्सेको कुल पुँजीकरणमा पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये २५९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएपनि म्यूचुअल फन्ड उपसमूह भने ०.०६ अंकले घटेको छ ।

सम्बन्धित समाचार