मोटरसाइकलमा शव बोकेर हिँड्दै गरेका भारतीय नागरिक पक्राउ

0 Shares

काठमाडौं । सप्तरीमा मोटरसाइकलमा शव बोकेर हिँड्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । घटनामा संलग्न अर्का एक व्यक्ति छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको थियो ।

दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका ५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक हुन् ।

प्रहरी टोलीले शंका लागि मोटरसाइकल पछ्याएको थियो । त्यस क्रममा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनालाई फेला परेको थियो ।

सम्बन्धित समाचार