आज मिति २०८३ असार ३२ गते बिहीबार । सन् २०२६ जुलाई १६ तारिख । नेपाल सम्बत ११४६ दिल्लाथ्व द्वितीया तिथि । आज बिहान ५ बजेर १८ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ७ बजेर २ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ । कुनै नयाँ योजनाबारे सोचिरहनुभएको छ ।
बृष
व्यस्तता बढे पनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता–रचनात्मकताका साथ सामथ्र्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।
मिथुन
पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । सुख बढ्नेछ ।
कर्कट
ऋण, रोग र शत्रुलाई जित्ने सामथ्र्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुने योग छ ।
सिंह
भाग्य बलवान् रहनाले रोकिएका काममा दोहोर्र्याएर प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता-सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । मिठो भोजन प्राप्ति र नियमित कार्यमा जाँगर वृद्धि हुनेछ ।
कन्या
मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली–व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । साझेदारीको काम बन्नेछ ।
तुला
नियमित कार्यमा अनुकूलता वृद्धि भइ लाभ मिल्ने समय बन्नेछ । नयाँ आयस्रोत सिर्जना हुनसक्ने योग छ । इष्टमित्रको सहयोगले रोकिएको काम अघि बढ्नेछ । परिवारजनमा आपसरी सौहार्द्धता वृद्धि भइ खुशीको माहोल बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक
मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । आर्थिक विषयको प्रश्नले सताउन सक्छ ।
धनु
भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने छ ।
मकर
आजको दिन व्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी साथीबाट विशेष साथ मिलेको अनुभूति होला ।
कुम्भ
कर्मबल वृद्धि र उन्नति पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ । पारिवारिक सुखशांति बढ्ने योग छ ।
मीन
आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ ।