0
Shares
काठमाडौं । सर्वोच्च अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय सुनाएको छ ।
यस्तै, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई वर्ष जेल सजाय तोकेको छ ।
यसका साथै रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । उनीहरूविरुद्ध नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगेको आरोपमा मुद्दा दायर भएको थियो ।