सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार कायम भएको छ । सोही परिमाणको चाँदीको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० र चाँदीको मूल्य तोलामा चार हजार ३७५ प्रतितोला कायम भएको थियो ।

सम्बन्धित समाचार