पछिल्लो ११ महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २२ प्रतिशत बढ्यो

0 Shares

काठमाडौं । पछिल्लो ११ महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य झण्डै २२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१.८५ प्रतिशतले बढेको हो ।

‘अन्तर्राष्ट्रिय बजारमा २०८२ जेठमसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर ३४३५.३५ अमेरिकी डलर रहेकोमा २०८३ जेठ मसान्तमा २१.८५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४१८५.९५ पुगेको छ,’ राष्ट्र बैंकले जारी गरेको विवरणमा उल्लेख छ ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा २०८२ जेठ मसान्तमा प्रतिब्यारल ७६ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०८३ जेठ मसान्तमा १६.६३ प्रतिशतले वृद्धि भई ८८.६४ अमेरिकी डलर कायम भएको छ ।

सम्बन्धित समाचार