राष्ट्र बैंकले ऋणपत्र जारी गर्दै

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रको बोलकबोल आजै ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि नै गरिने सूचनामा उल्लेख छ । सूचना अनुसार यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने सावाँ भुक्तानी २०८४ असार २९ गते हुनेछ । यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्ने जनाइएको छ ।

यस ऋणपत्रमा गरिएको लगानीलाई बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न पाउने छैनन् । तर, यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।

सम्बन्धित समाचार