भाटभटेनीको विराटनगर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

0 Shares

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको विराटनगरस्थित स्टोर भोलि असार २७ गते शनिबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । गत भदौ २३/२४ मा भएको ‘जेन् जी’ आन्दोलनका क्रममा भौतिक क्षति पुगेपछि उक्त स्टोरको सेवा अवरुद्ध भएको थियो । आवश्यक मर्मतसम्भार र तयारी पूरा गरी शनिबारदेखि स्टोरलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

विराटनगर स्टोरबाट भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत (COO) पानु पौडेलले जानकारी दिए । उनले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक वातावरणमा गुणस्तरीय सेवा र सामानहरू उपलब्ध गराउने भाटभटेनीको प्रतिबद्धता यथावत् रहेको समेत स्पष्ट पारे ।

आन्दोलनका क्रममा विभिन्न शाखाहरूमा असर परे पनि भाटभटेनीले आफ्ना स्टोरहरूलाई क्रमशः मर्मत गर्दै तीव्र रूपमा पुनः सञ्चालनमा ल्याइरहेको छ ।

सम्बन्धित समाचार