आज जेठ १६ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ जेठ १६ गते बुधबार । सन् २०२४ मे २९ तारिख । नेपाल सम्बत ११४४ बछलागा षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर आउला । आयआर्जनका नयाँ स्रोतहरू थपिने छन् । दायित्व बढ्ने छ, मानसम्मान पनि पाइने छ । सामाजिक काममा रुचि जाग्ला । रसरागमा आकर्षण र दाम्पत्य सुख बढ्ने छ । आरोग्यता रहला ।

बृष

उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । अध्ययन तथा अध्यापनमा सुधार आउला । रोकिएको काम बन्नेछ । स्वास्थ्य सबल रहला । पराक्रम वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुने योग छ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।

मिथुन

आर्थिक अभावले सताउन सक्छ, तर पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने दिन छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । तपाईंको विशेष सुझबुझका कारण समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

कर्मबल बढ्ने छ । आजको दिन मित्रजनको सहयोग पनि मिल्ला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । व्यवसायमा केही उतारचढाव आउने योग छ । स्वास्थयसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । प्रेमभाव पैदा हुनुका साथै रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

पराक्रम बढ्ने छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । व्यापार–व्यवसायमा विस्तार हुनेछ । नाता–कुटुम्बको सहयोग प्राप्त होला । कृषिकर्म र चौपायाबाट राम्रै लाभ हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

श्रमको उचित मूल्यांकन हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका काम सुरु हुनेछन । सन्तानबाट सुख मिल्ने योग छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख शान्ति र समृद्धि बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग छ । धन मान महत्वमा कमी आउने छैन ।

तुला

सुख वृद्धि हुनेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धन आर्जन होला । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । कार्य व्यवहारमा सफलता प्राप्त होला ।

बृश्चिक

धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्ने छ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनिसमस्याको समाधान मिल्नेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त होला । मिठो भोजन प्राप्त गर्नु हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु

आय आर्जन बढ्ने समय छ । आज स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । कृषि र पशुपालनबाट फाइदा होला । यात्रागत कार्य उपलब्धिमूलक बन्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । सन्तानबाट सुख मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । परिवारिक सुख रहला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

शुभता र भाग्यबल बढ्ने छ । आजको दिन चिताएको काम बन्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्ला । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने छ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ भने नयाँ काम बन्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आरोग्यता रहला । शुभ समाचार प्राप्त हुनेछ ।

मीन

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा भने पढाइ लेखाइको स्तर खस्कने योग छ । आजको दिन पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

सम्बन्धित समाचार