0
Shares
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि उनलाई यसअघि गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । पौडेललाई यसअघि ७ दिन, ३ दिन र ६ दिनको म्याद थपिएको थियो ।