0
Shares
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका ३ औरैयामा चक्कु प्रहार गरी एक जना हत्या गरिएको छ । मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयलाई लिएर भनाभनपछि कुटपिट भएको थियो ।
विवाद चर्किंदै जाँदा रामेश्वरले बुटनमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट बुटनको ढाडमा गम्भीर घाउ लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि राति करिब ९ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
घटनामा रामबहादुरको टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर तथा रामऔतारलाई नियन्त्रणमा लिएको छ ।