नेप्सेका सीईओले दिए राजीनामा

0 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले राजीनामा दिएका छन् । उनले सोमबार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।

आफ्नो कार्यकाल पूरा हुनुअघि चापागाईंले पदबाट राजीनामा दिएका हुन् । उनले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेशमार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए ।

सम्बन्धित समाचार